असोज २३ गतेबाट नागस्वतीमा टोलस्तरीय फुटबल

हेटौंडा, हेटौंडा–७, नागस्वतीमा टोलस्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

ADVERTISEMENT

नवज्योति टोल विकास संस्थाअन्तर्गत् भीआईपी फुटबल टिमको आयोजनामा असोज २३ गतेबाट नागस्वतीस्थित नवज्योति माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । आयोजकले बुधबार विहान पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताको तयारीको विषयमा जानकारी दिएको छ ।

कात्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा करिब दश टोली सहभागी रहने अनुमान गरिएको प्रतियोगिताका आर्थिक संयोजक राजु कार्कीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सहभागी टोली दुई समूहमा विभाजन गरी लिगकम नकाउटका आधारमा सञ्चालन गरिनेछ । दुवै समूह विजेता र उपविजेताले अन्तिम चारमा प्रतिस्पर्धा गर्ने गरी खेल तालिका निर्माण गरिने जानकारी दिइएको छ ।

प्रतियोगिताको विजेताले नगद ५३ हजार रुपैयाँसहित खसी प्राप्त गर्नेछ । उपविजेताले खसीसहित विभिन्न उपहार प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई विधागतरुपमा पुरस्कारको व्यवस्था गरिने आयोजक टोल विकास अध्यक्ष सुशील सुवेदीले जानकारी दिए । उनका अनुसार २७ औं संस्करणको यस प्रतियोगिताको सुरुवात २०५२ सालबाट भएको हो ।

‘७ नम्बर वडा बाहेकका खेलाडी यस प्रतियोगितामा सहभागी हुन पाउँदैनन् । खेलाडी छनौट र नवप्रतिभा पहिचानका लागि हामीले वर्षेनी खेल गर्ने गरेका छौं ।’, सुवेदीले भने ।

साविकको विजेता नै आयोजक हुने गरी प्रतियोगिता सञ्चालन हुँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya