हेटौंडा, हेटौंडा १७ का खेलाडी विवेक माझीलाई केशव रुपाखेतीले नगद १० हजार रुपैयाँ सहयोग गरेका छन् । हेटौंडा १७ घर भई र हाल अमेरिकामा रहेका रुपाखेतीले हटियामा निर्माणाधिन अवस्थामा रहेको रङ्गशालामा पुगी विवेक माझीको बुवा राजु माझीलाई नगद हस्तान्तरण गरेका थिए ।
माझी उपचारमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका रुपाखेतीले सोही अनुरुप माझीलाई नगद सहयोग गरेको हटिया स्पोट्स एकेडेमीका अध्यक्ष छवी सुवेदीले जानकारी दिए । गत पुस महिनामा सञ्चालन भएको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबल प्रतियोगितामा सहभागी हुने उद्देश्यसहित अभ्यास गर्ने क्रममा माझीको ढाडमा गम्भीर चोट लागेको थियो ।
२२ वर्षीय माझीको उपचारको लागि विभिन्न संघसंस्था, व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको थियो । माझीको स्वास्थ्य अवस्था अहिले निकै राम्रो भइसकेको हटिया स्पोट्स एकेडेमीका अध्यक्ष सुवेदीले जानकारी दिए ।