पत्रकारिता दिवसको अवसरमा दुई अधिकारी र क्षेत्री सम्मानित हुँदै

हेटौंडा, चलचित्र पत्रकारिता दिवसको अवसरमा प्रदान गरिदैँ आएको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट चलचित्र पत्रकार गीता अधिकारीलाई प्रदान गरिने भएको छ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले जेठ ७ गते मनाईने दिवसको अवसरमा उक्त पुरस्कार अधिकारीलाई प्रदान गर्ने भएको हो । उक्त पुरस्कार चलचित्र निर्माता एंव वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ नाम दिइएको छ । दुई दशक देखी चलचित्र पत्रकारितामा सक्रिय अधिकारी संघको पुर्व केन्द्रीय उपाध्यक्ष समेत हुन् । गीतकार समेत रहेकी अधिकारी हाल मिलाप मासिक पत्रिकामा आवद्ध छिन् ।

ADVERTISEMENT

मंगलबार संघको बैठक बस्दै चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान गर्ने भएको छ । मकवानपुरमा रहेर अधिकारी लामो समयदेखी छापा तथा टेलिभिजन पत्रकारितामा सक्रिय छन् । हेटौंडाबाट कान्तिपुर टेलिभिजनका लागि पत्रकारिता गरिरहेका अधिकारी चलचित्र पत्रकार संघ मकवानपुर शाखाका संस्थापक सहसचिव समेत हुन् ।

त्यस्तै, संघले प्रदान गर्ने कलाकर्मी सम्मान २०८१ बाट भने गायक तथा कलाकार कोशिस क्षेत्रीलाई प्रदान गर्ने भएको छ । मकवानपुरमा जन्मिएर जिल्लाको नाम राख्दै राष्ट्रिय स्तरको कलाक्षेत्रमा सक्रिय रहेकाहरुलाई यस विधामा सम्मान गर्दै आइरहेको संघका अध्यक्ष कपिल खड्का बताए ।

यी तीन व्यक्तिहरुलाई हेटौंडामा एक कार्यक्रमकाबीच पुरस्कार तथा सम्मान गरिने अध्यक्ष खड्काले बताए । जेठ ७ चलचित्र पत्रकार संघ स्थापना भएको समयलाई हरेक वर्ष ७ गते चलचित्र पत्रकारिता दिवस मनाउँदै आइरहेको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *