स्थापना दिवसमा विद्यालयलाई खाद्यान्न सहयोग

हेटौंडा, हेटौंडा अटोमोवाईल्स एशोसिएसनले स्थापना दिवसको अवसरमा हेटौंडाको गोरक्षेश्वरधाममा रहेको संस्कृत बेद विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ ।

ADVERTISEMENT

संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा विद्यालयलाई खाद्यान्न तथा फलफूल सहयोग गरेको हो । संस्थाका अध्यक्ष ऋषिकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संरक्षक तथा पतन्जली योगका जिल्ला अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालका केन्द्रीय सदस्य तथा संस्थाका पूर्ब अध्यक्ष सागर सापकोटा , पूर्व अध्यक्ष नारायण प्रसाद कंडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका पूर्व अध्यक्ष सुरेश कुमार श्रेष्ठ , निवर्तमान अध्यक्ष दामोदरप्रसाद अटल तथा सल्लाहकार डा. गोपिराम वन्जाराको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya