हेटौँडा, हेटौँडा–१ मा रहेको अमर माध्यमिक विद्यालयमा खाना महोत्सवसहित विविध अतिरिक्त क्रियाकलापहरू सम्पन्न भएका छन्। विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ का वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। आज भएको खाना महोत्सवमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूको सहभागितामा ७ वटा स्टल सञ्चालन गरिएको थियो।

विद्यालयले सञ्चालन गरेको अतिरिक्त क्रियाकलापमा विजयी भएका विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले पुरस्कार प्रदान गरेका थिए । विद्यालयले पुस १८ गतेबाट सञ्चालन गरेको अमर सिङ्गिङ स्टरमा १७ जना विद्यार्थीमध्ये पहिलो चरणको छनोटपछि फाइनलमा प्रवेश गरेका ५ जना विद्यार्थीबीच आज प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा कक्षा ८ का जाेन दोङ प्रथम भई अवार्ड जित्न सफल भए भने कक्षा ८ कै ईश्वर रसाइली उपविजेता बने। पुस २३ र २४ गते सम्पन्न खेलकुद प्रतियोगिताअन्तर्गत नर्सरी र केजी तहमा आयोजित बोतलमा पानी भर्ने खेलमा केजीका अंकित राना प्रथम, केजीकै सुशील गिरी द्वितीय तथा नर्सरीकी सोनम कुमारी तृतीय भएका थिए। कक्षा १–३ का लागि आयोजित विस्कुट खोजेर खाने खेलमा कक्षा २ का सूर्यबहादुर लो प्रथम, कक्षा ३ की मन्सिका कुमारी द्वितीय र कक्षा ३ कै युविन घलान तृतीय भए।
कक्षा ३–५ का लागि आयोजित बेलुन ब्यालेन्सिङ रेसमा कक्षा ४ की रूथ परियार र पवित्रा मल्लको जोडी प्रथम, कक्षा ३ र ४ का सोहन यादव र सम्राट घलानको जोडी द्वितीय तथा कक्षा ४ का अनन महर्जन र अर्विन आले मगरको जोडी तृतीय भए। कक्षा ६–१० तहमा सम्पन्न रिले दौडमा छात्रातर्फ कक्षा ८ का रोनिशा राय, प्रकृति विक, मनिषा थिङ र करुणा परियार तथा छात्रतर्फ कक्षा ९ का प्रनिश गोङबा, आशिफ मियाँ, निरोज पाख्रिन र रोशन सुनार विजयी बने। सटपुट प्रतियोगितामा कक्षा ९ का रोशन सुनार प्रथम भए। कबड्डी प्रतियोगितामा छात्रातर्फ कक्षा १० का निशा तामाङ, अनिशा परियार, अश्मी श्रेष्ठ, रोशनी सिकारी, नमिता दुलाल, प्रीति परियार र शान्ति भ्लोन विजयी भए भने छात्रतर्फ कक्षा १० कै सूर्यकिरण लामा, सुवास तामाङ, पवन गुरुङ, प्रज्ज्वल घिसिङ, प्रज्ज्वल परियार, विशाल सिलवाल र सक्षम गिरी विजेता बने।
त्यसैगरी, फुटबल प्रतियोगितामा छात्रातर्फ कक्षा ८ का दीपशिखा लामा, रोनिशा राय, आशा आले मगर, सुमना भोम्जन, मनिषा तामाङ, प्रकृति विक र करुणा परियार तथा छात्रतर्फ कक्षा ९ का सुयोग सापकोटा, सुनिल तामाङ, युरोज थिङ, निरज पाख्रिन, रोमन थिङ, लोमस फुयाँल र रोशन सुनार विजयी भए। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जानकी गिरी, सदस्य शर्मिला अधिकारीलगायतको आतिथ्य रहेको थियो ।






