पब्लिक फुटवयेरले जुत्ता एक्सचेन्ज गर्ने

हेटौंडा/हेटौंडा–४ मा रहेको पब्लिक फुटवयेर प्रालिले हिन्दूहरुको महान चाड विजया दशमीलाई लक्षित गरी जुत्ता एक्सचेन्ज गर्ने भएको छ ।

ADVERTISEMENT

‘चाडपर्व लक्षित गरी उपभोक्तालाई सस्तो र सुलभ दरले जुत्ता खरिद गरुन भन्ने हेतुले जुत्ता एक्सचेन्ज कार्यक्रम गर्न लागेका हौँ ।’ पब्लिक फुटवयेर प्रालिका सञ्चालक रण दुलालले भने–‘असोज ५ गतेदेखि नगरका विभिन्न ५ वटा पसलमा जुत्ता एक्सचेन्ज कार्यक्रम गर्दैछौँ ।

देशको आर्थिक संकटलाइ केही कम गर्न, नेपालमै उत्पादन भएका वस्तुलाई प्रयोग गरी देश भित्र रहेको डलरको सञ्चितिलाइ बढाउने उद्देश्यका साथ एक्सचेन्ज कार्यक्रम गर्न लागेको उनले बताए । पब्लिक फुटवयेर प्रालिले दैनिक २ सय ५० जोडी जुत्ता निर्माण गरी हेटौंडा उपमहानगरपालिका, नारायणगढ, पोखरा र पूर्व गाइघाटसम्म विक्रि वितरण गरिरहेको उनले जानकारी दिए। उद्योगबाट २१ जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya