खानेपानी बोर्डको स्थापना दिवसमा कर्मचारी तथा संस्था सम्मान


हेटौंडा, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले ११ औँ वार्षिकोत्सवको सन्दर्भममा मङ्गलबार बोर्डका कर्मचारी तथा विभिन्न संस्थाहरुलाई सम्मानित समेत गरेको छ ।

ADVERTISEMENT

बोर्ड अध्यक्ष प्रताप विष्टको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोर्डबाट प्रदान गरिने सेवा प्रवाहलाई डिजिटलाइजेशन सहयोग गरेबापत् श्यामकल श्रेष्ठ, पाइन लाइन लिकेज र बोर्डसंग सम्बन्धित अन्य सूचना प्रदान तथा सरोकारवालावीच सौहार्दपूर्ण वातावरण तयार गर्न सहयोग गरेबापत् शिबबहादुर थापा, हेटौंडा–५, भीमसेन पौडेल, हेटौंडा–६, राजु अधिकारी, हेटौंडा–७ लाई सम्मानित गरिएको थियो ।

बोर्डले वितरण गरिने खानेपानीको अधिक उपभोग गर्ने तथा नियमित महशुल रकम भुक्तानी गर्ने एभोकाडो अकिर्ड रिसोर्ट प्रालि, पुष्पा घिमिरे, हेटौंडा–४, कृष्णप्रसाद दंगाल, हेटौंडा–१६, वलभद्र राना, हेटौंडा–१८ तथा भवनाथ लामिछाने, हेटौंडा–१९ लाई सम्मानित गरेको छ । उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयका कर्मचारीतर्फ अनिला सुबेदी, किशोरराज न्यौपाने, विदुर खड्का, सानुकान्छा जिम्बा, कृष्णप्रसाद वाग्ले, मोहन दोङ्ग, गोकुल रिजाल, दीपक चौलागाईं र दुर्गाबहादुर थिङ्गलाई नगदसहित सम्मानित गरिएको थियो ।

उपोक्ता समितिबाट बोर्डमा हस्तान्तरण भएर बोर्डअन्तर्गत् रहेर उत्कृष्ट कार्य गर्ने प्रोत्साहनस्वरुप केदारबहादुर थिङ्ग, गीता विश्वकर्मा, सानुकान्छा थिङ्ग, नुरेन्द्रराज ढकाललाई सम्मानित गरिएको थियो ।हेटौंडा उपमहानगपालिकाको वडा नम्बर ११, १२ र १३ बाहेक १ देखि १९ सम्म बसोबास गर्ने १ लाख ६० हजारलाई एउटा सतहगत मुहान, १२ वटा समवेल र ३६ वटा डिप ट्यूवेलबाट दैनिक सरदर ३ करोड ५० लाख लिटर खानेपानी उत्पादन गरी २७ हजार ४७४ धाराबाट ७ देखि ८ घण्टा खानेपानी वितरण कार्य गर्दै बोर्डका अध्यक्ष विष्टले जानकारी दिए ।कार्यक्रममा उपमेयर राजेश बानियाँ, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी, टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya