हेटौंडामा साबुन, हार्पिक र फिनेल बनाउने तालिम

हेटौंडा, घरमा रोजगारीका अवसर नपाएर बसिरहेका महिलाहरुका लागि सञ्चालन भएको साबुन, हार्पिक र फिनेल बनाउने तालिमको सम्पन्न भएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका र १३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वडा स्तरीय महिला जागरण समुहले सञ्चालन गरेको तिन दिने तालिमको सोमबार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले समापन गरेकी हुन् ।

तालिममा सहभागि भई सिकेको सिपलाई व्यवहारमा उतार्दै काम गर्न आग्रह गरीन् । सिपलाई खेर जान नदिनका लागि समुह बनाएर काम गर्न सुझाब दिइन् । समुह बनाएर उत्पादन गरेको सामग्रीको बजारीकरणका लागि उपमहानगरपालिकाले सहयोग गर्ने उनले बताइन् । पछिल्लो समय उपमहानगरपालिकाले कामको अभाबमा रहेका महिलाहरु लक्षित गर्दै लधु उद्यममा लाग्नका लागि सहयोग गरीरहेको जानकारी दिइन् ।

जागरण समुहका अध्यक्ष गंगा चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१३ का अध्यक्ष पेम्बा लामा, हेटौंडा उपमहानगरपालिकाका सुचना प्रबिधी अधिकृत भानुभक्त थपलिया, नगरप्रमुखका सचिवालय प्रमुख जगन्नाथ सापकोटा लगाएतको आतिथ्यता रहेको थियो । तालिममा स्थानिय ३५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya