बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

हेटौंडा, बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

ADVERTISEMENT

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्व वृद्धि प्राथमिकता रहने जनाएको छ । सरकारले सबै नीतिमा स्वास्थ्य नीति लागू गर्ने, प्रदेश गौरवको आयोजना व्यवस्थित गरी कार्यान्वयन गर्ने, एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रमलाई बिस्तार गर्दै स्थानीय तहसँगको समन्वयमा समुदायसम्म सञ्चालन गर्ने जनाएको छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई समयानुकूल बनाउँदै कार्यान्वयन गर्ने, स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्रियाशील बनाउने, बागमती विश्वविद्यालयको स्थापना, संरचना निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने, प्रदेश परिचय विषयको पाठ्यक्रम निर्माण गरी पठनपाठन सञ्चालन गर्ने, व्यवहारिक र प्राविधिक शिक्षाको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, स्थानीय तहसँगको समझदारीमा माध्यमिक विद्यालयहरूलाई आवासीय विद्यालयको रूपमा विकास गर्ने सरकारको योजना रहेको छ ।

प्रदेश सरकारले खेलकुद पूर्वाधारको विकास र खेलाडी प्रोत्साहनको नीति लिने, चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशाला सह लगानीमा सम्पन्न गर्ने, गौरीटार रङ्गशाला निर्माणलाई सम्पन्न गरिने नीति तथा कार्यक्रम रहेको छ ।

बागमती प्रदेशको नीति तथा कार्यक्रम पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya