अदालतको आदेश मिचेर फलामे बार, स्थानीय आन्दोलित

हेटौंडा, हेटौंडा– १० सिमाचोकबाट टिसिएन रोडतर्फ निस्कने सडकको दायाँबायाँ फलामे बार निर्माण कार्य रोक्न स्थानीय घरधनी तथा व्यावसायीहरुले माग गरेका छन् ।

ADVERTISEMENT

उच्च अदालत पाटन, हेटौंडा इजलासले उक्त क्षेत्रमा फलामे बार निर्माणको काम तत्कालका लागि रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको भएतापनि वडा कार्यालयले निर्माण कार्यलाई निरन्तरता दिँदा स्थानीय आन्दोलित बनेका हुन् ।

उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश मिना गौतम सेडाईँको एक्कल इजलासले शुक्रबार जेष्ठ २३ गतेसम्म निवदेकहरुको जग्गा तथा घरमा प्रवेश गर्न असर पर्ने गरी फलामको पोल, फलामको रेलिङ्ग लगाउने कार्य नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

ADVERTISEMENT

अदालतको आदेशको अवहेलना गर्दै वडा कार्यालयले प्रहरी परिचालन गरी निर्माण कार्यलाई निरन्तरता दिएपछि स्थानीय दुई दर्जनभन्दा बढी घरधनीहरुले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गरी निर्माण कार्य रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

गत मंगलबार १० नम्वर वडा कार्यालयले सो सडकको किनारमा फलामे बार राख्ने काम सुरु गरेको हो । स्थानीयहरुले फलामे बार निर्माण गर्दा आफ्नो घर भित्र छिर्ने बाटो नै अवरुद्ध हुने र पसल व्यावसायमा समेत असर पुग्ने भन्दै अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

ADVERTISEMENT

स्थानीय गोपाल श्रेष्ठले दिएको रिट निवेदनमाथि अदालतले २३ गतेसम्म काम नगर्न, नगराउन अल्पकालिन आदेश दिएको थियो ।

कानूनी राज्यमा कानूनको उल्लङ्घन भएको भन्दै स्थानीयहरुले गुनासो गरेका छन् । उनीहरुले कुनै पनि निर्माण कार्य अघि बढाउँदा स्थानीय जनताको सहमति लिएर मात्रै गर्नुपर्ने माग राखेका छन् । साथै कुनै सूचना, टेन्डर, तथा कोर्टेशन ननिकाली टिसिएन रोड क्षेत्रको आवश्यकता विपरित बजेट दुरुपयोग गर्ने उद्देश्यका साथ वडा कार्यालयले फलामे बार निर्माण गरेको आरोप लगाएका छन् ।

ADVERTISEMENT

वडा कार्यालयले भने सडक पेटीमा हिड्ने यात्रुहरुको सुरक्षाको लागि फलामे बारे निर्माण गरिएको बताउँदै आएको छ ।

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya