एमाले मकवानपुरको अध्यक्षमा पोख्रेल निर्वाचित

हेटौंडा, नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको निर्वाचनबाट नयाँ नेतृत्व प्राप्त गरेको छ । एमाले मकवानपुरको आज पदाधिकारीहरुको मतगणनाबाट नयाँ नेतृत्व प्राप्त गरेको हो ।

ADVERTISEMENT

एमाले मकवानपुरले श्रीधर पोखरेलको नेतृत्व पाएको छ । पार्टीको १२ औँ जिल्ला अधिवेशनमा पोखरेलले झण्डै ४१ प्रतिशत प्रतिनिधिको मत पाएका हुन् ।

पोखरेलले कुल कुल ७६५ मतमध्ये ३१३ मत पाएका थिए । उनका निकटतम प्रतिष्पर्धि इन्द्रमान स्याङ्तानले २६२ मत प्राप्त गरे । साढे चार दशक लामो राजनीतिक जीवनको अनुभव संगालेका एमाले नेता श्रीधर पोखरेल नेकपा एमाले मकवानपुरको अध्यक्ष निर्वाचित भए ।

२०३५ सालबाट बिद्यार्थी आन्दोलनमा होमिएका पोखरेल २०३६ सालको आन्दोलनमै सक्रीयता पुर्वक सहभागी बने । त्यतीबेला उनी अनेरास्वीयु मकवानपुरको उपाध्यक्ष थिए । २०३७ देखि २०४० सम्म अनेरास्ववीयुको अध्यक्ष भएर नेतृत्व गरेका पोखरेल २०४३ सालमा भएको निर्वाचनमा जनपक्षीय उम्मेद्वार जिताउने अभियानमा सक्रीय बने ।

२०४४ सालमा जनपक्षीय मन्चको सचिब बनेका पोखरेल मकवानपुरका गाउँबस्ती डुल्दै कम्युनिष्ट आन्दोलनलाई उत्कर्षमा पु¥याउन सक्रीय रहे । २०४६ को जनआन्दोलनमा समेत उनको सक्रीयता रहेकोे थियो । बिद्यार्थी आन्दोलनको नेतृत्व गरिरहेका पोखरेल २०५४ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवासंघको उपाध्यक्ष बने ।

Advertisement 5

पार्टी जिल्ला उपाध्यक्षका लागि हिदम लामालाई धेरै मत प्राप्त भएको छ । लामाले कुल मतको ४७६ मत पाएका थिए । लामाका निकटतम प्रतिष्पर्धि सुनिल मोक्तानले १९७ मत पाएका थिए ।

यसैगरी सचिवमा सिता बिष्ट विजयी भएकी छिन् । २९७ मत सहित बिष्ट विजयी हुँदा निकटतम प्रतिष्पर्धि मदन दाहाललाई २५५ मत प्राप्त भएको थियो ।

यसैगरी उप सचिवमा फुर्वा दोर्जे लामा र आरती पाठक विजयी भएका छन् । लामा र पाठकले समान मत २४१ मत पाएका थिए । उनीहरुका निकटतम निकटतम प्रतिष्पर्धिहरु क्रमश दिपक खड्काले १६७ र कल्पना बलामीले १५६ मत पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *