हेटौंडा, स्वच्छन्द भैरव युवा क्लवको आयोजना थाहा नगरपालिका वडा नम्वर ९ स्थित चित्लाङमा जारी जिल्ला स्तरीय भलिबल प्रतियोगिताको क्वाटरफाइनल संस्करण पूरा भएको छ ।

प्रतियोगिताको क्वाटरफाइनल खेलमा बज्रवाराही खेलकुद विकास समिति थाहा ६, विनयबाबु स्मृति प्रतिष्ठान, चित्लाङ खेलकुद विकास समिति ए, ग्रिन कम्यूनिटी, छहारी युवा समाज, कुमारी युवा क्लव थाहा १०, उनीउ आग्रा र खेलकुद विकास समिति थाहा ५ प्रवेश गरेको छ ।
१५ वटा टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले नगद ६० हजार, उपविजेता टिमले नगद ३० हजार र तेस्रो हुने टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल माघ १ गते हुने क्लवका सचिव निर्मल बलामीले जानकारी दिए ।






