निबन्ध लेखन प्रतियोगितामा आदित्य चौलागाई प्रथम

हेटौडा, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयका छात्र आदित्य चौलागाई प्रथम भएका छन् । ५२ औँ विश्व वातावरण दिवसको अवसरमा बुधबार फोहोर मैला व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका विषयमा निबन्ध प्रतियोगिता भएको थियो ।

ADVERTISEMENT

प्रतियोगितामा अमर माध्यमिक विद्यालयकी प्रशंसा शिकारी द्वितीय, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी विद्यालयका सचिनकुमार यादव तृतीय हुन सफल भए । प्रतियोगितामा अमर माध्यमिक विद्यालयका सुनिल तामाङ र हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयकी आचल सुवेदी सान्त्वना हुन सफल भए । प्रतियोगितामा विजयी भएका विद्यार्थीहरूलाई जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलान तथा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश ः नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजाररुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवी बर्तौला र सचिव मनोज पोखरेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *