हेटौँडा, मकवानपुर प्रहरीले लागूऔषध खैरोहिरोइन सहित २ जनालाई पक्रेको छ । लागूऔषध कारोबार भैरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले २ जनालाई पक्रेको हो ।
मौवाटारस्थित सुजिता गुरागाईको घरबाट हेटौंडा १३ ठूलोथली बस्ने २१ वर्षीय हरसित राज मुक्तान र राक्सिराङ गाउँपालिका ३ पलाँसे बस्ने २२ वर्षका समतेन डिम्डुङलाई पक्रेको हो । प्रहरीले उनीहरुको साथबाट ३६ ग्राम ४२० मिलीग्राम लागूऔषध खैरोहिरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीले उनीहरुको शरीर तथा कोठा खानतलासी गर्दा लुकाएर राखेको अवस्थाको खैरोहिरोइन फेला पारेको प्रहरीले बताएको छ ।







