हेटौंडा, हेटौंडा–२ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयको क्याप्टेनमा रोजन मैनाली निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनबाट ३९६ मतसहित कक्षा ९ का मैनाली स्कूल क्याप्टेनमा निर्वाचित भएका हुन् । यसैगरी स्कुलको भाइस क्याप्टेनमा कक्षा ९ कै दिपिका लम्साल ३१० मतसहित निर्वाचित भईन् । क्याप्टेन र भाइस क्याप्टेनमा ४र४ जनाको उम्मेदवारी दिएका थिए ।
यस्तै रातो सदनको क्याप्टेनमा कक्षा ९ का प्रतिक ढकाल ८५ मतसहित विजयी हुँदा भाइस क्याप्टेनमा कक्षा ८ की अनुज्ञा विडारी ६३ मतसहित विजयी भईन् । पहेंलो सदनको क्याप्टेनमा ९ कक्षाका अमिष दाहाल (९४) मत र भाइस क्याप्टेनमा ८ कक्षाकी समृद्धि केसी (७३) मत निर्वाचित भएका छन् । हरियो सदनको क्याप्टेन र भाइस क्याप्टेनमा ८ कक्षाका अस्मिता थिङ (८७) मत र प्रियांशु थिङ (७७) मत चयन भए । यसैगरी निलो सदनको क्याप्टेन र भाइस क्याप्टेनमा ९ कक्षाका सहर्ष गौतम ९७४ मत० र दिपिक्षा न्यौपाने (७९) मत निर्वाचित भएका छन् ।
यस्तै वातावरण क्लबको क्याप्टेनमा ९ कक्षाका आर्यन खड्का (२६८) र भाइस क्याप्टेनमा ८ कक्षाकी सौरभी हुमागाई (२१०), साहित्य क्लबको क्याप्टेनमा ९ कक्षाका गन्तव्य राज पौडेल (३९६) मत र भाइस क्याप्टेनमा ८ कक्षाकी सदीक्षा हुमागाई (३७३) मत निर्वाचित भए । फाइन आर्ट क्लबको क्याप्टेनमा ७ कक्षाकी श्रेयशी गौतम (३७३) मत, भाइस क्याप्टेनमा ७ कक्षाकै अञ्जनप्रसाद यादव (२५२) मत, खेलकुद क्लबमा ७ कक्षाका साइमन उप्रेती (२५१) मत र भाइस क्याप्टेनमा ९ कक्षाका सुवास्टिन महत (३०१) मत निर्वाचित भएका छन् ।
शुक्रबार बिहान ७ बजेबाट दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको निर्वाचनमा ४ कक्षादेखि १० कक्षासम्मका ७ सय ५८ जना विद्यार्थीले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उमेश अर्यालले जानकारी दिए । निर्वाचनमा कक्षा ६ देखि ९ कक्षासम्मका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको थियो ।






