हेटौंडा, हेटौंडा ५ मा रहेको पिप्ले युवा क्लवको अध्यक्षमा सुविन घिमिरे चयन भएका छन् । शनिबार भएको क्लबको १६ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनबाट घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुदीप सिंह ठकुरी, उपाध्यक्षमा बाबुराजा खनाल, सचिवमा दीपेन्द्र ढकाल, सहसचिवमा आवेश लामा र कोषाध्यक्षमा विवेकशर्मा अर्याल चयन भएका छन् । संस्थाको सदस्यमा निरन्जन मानन्धर, नरेन्द्र मुक्तान, रवी थापा, अनुज कार्की, विवेक अर्याल चयन भएका छन्।
अध्यक्ष पदमा चयन भएका सुविन घिमिरेले अहिले काम गर्न धेरै चुनौती भएतापनि पिप्लेको अगाडि बढाउन दृढ संकल्प भएर अगाडि बढ्ने बताए । पिप्लेको इज्जत बढाउन सबैजना एकजुट हुन उनले आग्रह गरे । क्लवका अध्यक्ष सुशिल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा नगर खेलकुद विकासका अध्यक्ष रवीन्द्र घिमिरे, शिक्षाविद् पुरनबहादुर जोशी लगायतको आतिथ्यता रहेको थियो ।







