यामाहाको ‘एफजेड–एस एफआई भी३’ मोटरसाइकल हेटौंडामा सार्वजनिक

हेटौंडा, हेटौंडाका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक राज मोटर्सले एफजेड–एस एफआई भी३ को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ। मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले विहीबार मोटरसाइकल सार्वजनिक गरेका हुन् ।

ADVERTISEMENT

मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङमा उपलब्ध रहेको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिए । नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिस तत्व थपेको उनले बताए । एफजेड–एस एफआई भी३.० उत्कृष्ट ह्यान्डलिङ र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित छ। फ्युल इन्जेक्सन १४९ सीसीसहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित एफजेड–एस एफआई भर्सन ३.० मा एयर–कुल्ड फोर–स्ट्रोक १४९ सीसी एसओएचसी, दुई–भल्भ, एकल–सिलिन्डर इन्धन–इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ। जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाइलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक गरिएको छ। यसबाहेक यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित छ।

प्रमुख अतिथिलाई मायाको चिना प्रदान गर्दै राज मोटर्सका सञ्चालक राजन श्रेष्ठ

यामाहा कम्पनीका एरिया सेल्स म्यानेजर मनिभुषण चौधरीले भने, ‘एफजेड–एस एफआई भी३ धेरै मोटरसाइकलप्रेमीहरुको मनमा बस्न सफल मोडेल हो। त्यसैले हामी यसको नयाँ रङ विकल्पहरु, नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरुसहितको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा हर्षित छौँ।’

ADVERTISEMENT

‘नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टीनेस, स्टाइल र उत्साहका विशेषताहरुलाई साँच्चै झल्काउनेछ। यामाहा एफजेड–एसले सधैँ आफ्नो दायरा फराकिलो पार्दै प्रदर्शन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ’, उनले भने, ‘हामी नेपाली बजारमा यी अपडेटहरु ल्याउन पाउँदा अत्यन्त खुसी छौँ। हाम्रा राइडरहरुले उत्कृष्ट देखिने मात्र नभई रमाइलो राइडिङको अनुभव पनि प्रदान गर्ने मोटरसाइकलको प्राप्त गर्दै छन्।’ यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आÇनो विरासत बनाइरहेको छ। एफजेड–एस एफआई भी३ मोटरसाइकलको मूल्य ४ लाख ४ हजार ९ सय रुपैयाँ रहेको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *