सत्यम विद्यालयमा विद्यार्थी निर्वाचन

हेटौंडा, हेटौँडा – ४ मा रहेको सत्यम जेभियर्स इङ्लिश माध्यमिक विद्यालयमा स्कुल हेड बोइ, स्कुल हेड गर्ल, हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेनको लागि निर्वाचन सम्पन्न भएको छ ।

ADVERTISEMENT

आज सम्पन्न निर्वाचनमा हेड बोइको लागि कक्षा १० का रोशन देउला र स्कुल हेड गर्लको लागि कक्षा ९ की सुरुची तिमल्सिना विजयी भएका छन् । मनास्लु, तिलिचो, अन्नपूर्ण र लालीगुराँस सदनको क्याप्टेन र भाइस क्याप्टेनको लागि भएको निर्वाचनमा मनास्लु सदनको क्याप्टेनमा कक्षा ९ की सबिस्ना श्रेष्ठ र भाइस क्याप्टेमा कक्षा ५ का सार्जिल मिया निर्वाचित भएका छन् यसैगरी तिलिचो सदनको क्याप्टेनमा कक्षा ९ की सजिता केसी र भाइस क्याप्टेनमा कक्षा ५ की आरध्या तिमल्सिना, अन्नपूर्ण सदनको क्याप्टेनमा कक्षा ७ की नेहा ब्लोन र भाइस क्याप्टेनमा कक्षा ६ की सलिस्ना गोले, लालीगुराँस सदनको क्याप्टेनमा कक्षा ८ का भिजन न्यौपाने र भाइस क्याप्टेनमा कक्षा ६ का अंश चौधरी विजयी भएका छन् ।

नेपालको निर्वाचन प्रणालीलाई बुझ्दै सक्षम नेतृत्व चयनको अभ्यास गराउन, असल नेतृत्व क्षमताको विकास गराउन नमुना निर्वाचनले सहयोग पुर्‍याउने विश्वासका साथ निर्वाचन गराइएको सत्यम जेभियर्स विद्यालयका नेपाली विषय शिक्षक युवराज विश्वकर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *