उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु


हेटौडा/केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा चौथो संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०७९ विहीबारबाट शुरु भएको छ । प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यवहाक प्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । विहीबार भएको प्रतियोगितामा महिलातर्फ ४ खेल र पुरुषतर्फ ३ खेल सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी अतिथिहरु

विहीबार भएको पहिलो महिला भलिबल प्रतियोगिता वडा नम्वर ५ विजयी भएको छ । वडा नम्वर २ र ५ बीच हुने प्रतियोगितामा वडा नम्वर २ ले सहभागि नुहँदा वडा नम्वर ५ ले वाक ओभर पाएको हो । यसैगरी वडा नम्वर ४ र १९ नम्वर बिच भएको महिला भलिबल प्रतियोगितामा वडा नम्वर १९ विजयी भएको छ । वडा नम्वर १९ ले ४ लाई २५–२१ र २५–१४ को सोझो सेटले पराजित गर्न सफल भयो। यसैगरी विहीबार नै भएको वडा नम्वर १५ र १७ बीचको प्रतियोगितामा वडा नम्वर १५ ले सहभागी नहुँदा वडा नम्वर १७ ले वाक ओभर पाएको छ । यसैगरी विहीबार भएको अन्तिम महिला भलिबल प्रतियोगितामा वडा नम्वर १२ बिजयी भयो ।

वडा नम्वर ६ लाई २५–५ र २५–१८ को सोझो सेटले पराजित गर्दै वडा नम्वर १२ विजयी भएको हो । यसैगरी विहीबार भएको पुरुष भलिबल प्रतियोगितामा वडा नम्वर १२, ५ र ११ विजयी भएको छ । वडा नम्वर १२ ले वडा नम्वर ५ लाई २५–१७, २७–२५ को सोझो सेटले पराजित ग¥यो । त्यसैगरी विहीबार नै भएको अर्को खेलमा वडा नम्वर ५ ले वडा नम्वर २ लाई २७–२५ र २५–१९ ले पराजित ग¥यो । विहीबार भएको अन्तिम पुरुष भलिबल प्रतियोगितामा वडा नम्वर ११ ले वडा नम्वर १३ लाई २५–१५, २५–९ को सेटले हराउदै विजयीको यात्रा शुरु गरेको छ ।

Advertisement 3

हेटौंडा–४, हुप्रचौर (लोकतान्त्रिक मैदान) मा भएको प्रतियोगितामा महिलातर्फ १० वटा र पुरुषतर्फ १२ टिमले सहभागी जनाएको प्रतिष्ठान महासचिव बसन्तकुमार सिटौलाले जानकारी दिए । प्रतियोगितामा पुरुष र महिलातर्फको विजेता र उपविजेताले क्रमशः नगद ५० र २५ हजार रुपैया“ प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने वडाले पाँच/पाँच हजार रुपैया नगद प्राप्त गर्नेछन् । उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीलगायत हेटौंडा उपमहानगरमा रहेका विभिन्न वडाका वडाअध्यक्षलगायतको आतिथ्यता रहेको थियो । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *