लागूऔषध सहित तीनजना पक्राउ

हेटौँडा, मकवानपुर प्रहरीले अवैध लागूऔषध खैरोहिरोइनसहित तीनजनालाई पक्रेको छ । पक्राउ पर्नेमा हेटौंडा ७ घर भई हाल हेटौंंडा ४ नेपालचोकमा डेरा गरी बस्दै आएका ३४ वर्षीय दिनेश गोले, हेटौंडा १० का २८ वर्षीय निरोज लामा र ३३ वर्षका महमद मियाँ रहेका छन् ।

ADVERTISEMENT

प्रहरीले उनीहरुलाई हेटौंडा ४ स्थित नेपालचोकबाट पक्राउ गरेको हो । लागूऔषध कारोबार भैरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले उनीहरुलाई पक्रेको हो । उनीहरुको कोठा तथा शरीर खानतलासी गर्दा लुकाएर राखेको अवस्थाको २ ग्राम ५० मिलीग्राम लागूऔषध खैरोहेरोइन र ११ बोतल अनरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका तीनैजनालाई जिल्ला अदालत मकवानपुरबाट एक हप्ताको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *