चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताः मकवानपुरगढी जेसीज सेमिफाइनलमा

हेटौँडा,, साविक विजेता मकवानपुरगढी जेसीज तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा मनहरी ४ लाई २-१ ले हराउँदै मकवानपुरगढी जेसीजले अन्तिम ४ मा स्थान बनाएको हो । मनहरी ४ ले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरिएको छ ।

ADVERTISEMENT

२५ औं मिनेटमा बिज्ञान खड्काले फ्रीकिकमार्फत उत्कृष्ट गोल गरेका थिए । मकवानपुरगढी जेसीजका निर्णय क्षेत्रीले ५४ औं मिनेटमा बराबरी गोल फर्काए । ५९ औं मिनेटमा जेसीजले पेनाल्टीमार्फत विजयी गोल गरेको हो । मनहरी ४ का सुरज रेग्मीले विपक्षी खेलाडीलाई तानेको भन्दै रेफ्रीले दिएको पेनाल्टीलाई सदुपयोग गर्दै कुलदिप कार्कीले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच मनहरी ४ का बिज्ञान खड्का घोषित भए ।

म्यान अफ द म्याच बिज्ञान खड्का घोषित भए । शनिबारै हुने भनिएको खेलमा एफसी ढेंडो अनुपस्थित भएपछि मोडर्न युथ क्लव मनहरी १ लाई विजेता घोषणा गरिएको छ । अर्को खेलमा गुरुशिष्य पाठशालाले माया एफसीलाई २-० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । माया एफसीका लागि अभिषेक लामाले २५ मिनेटमा र साजन लामाले ६० औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच गुरुशिष्य पाठशालाका अभिषेक लामा घोषित भए । जारी प्रतियोगितामा आइतबार पनि २ खेल हुने आयोजकले जनाएको छ ।

१ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले एकलाख एकहजार एकसय ११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya