कान्तिलोकपथ, मातातीर्थ र सिस्नेरी सडकखण्ड अवरुद्ध

हेटौंंडा, शुक्रबार रातिबाट परेको अविरल वर्षाका मकवानपुर भएर संघीय राजधानी जोड्ने ३ वटा बैकल्पिक मार्गहरु अवरुद्ध बनेका छन् ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले दिएको जानकारी अनुसार बर्षाको कारण पहिरो जाँदा कान्तिलोकपथ, कुलेखानी-सिस्नेरि सडकखण्ड र मातातीर्थ-चखेल-देउरीली सडकखण्ड अवरुद्ध बनेको हो ।

कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ प्रतापडाँडामा पहिरो खसेकोले यो समाचार तयार पर्दा सम्म कान्तिलोकपथ अवरुद्धनै रहेको छ। लोकपथकै ललितपुर तर्फ बागमती गाउँपालिका ६ भट्टेडाँडामा पहिरो खसेको बुझिएको छ। त्यसैगरी कुलेखानी-सिस्नेरि सडकखण्ड अन्तर्गत इन्द्रसरोवर २ छेपारेमा पहिरो खस्दा शनिबार बिहानैदेखिनै बाटो बन्द रहेको छ भने काठमाडौं जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको मातातीर्थ-चखेल-देउराली सडकखण्ड पनि अवरुद्ध रहेको जनाइएको छ । सडकखण्ड अन्तर्गत इन्द्रसरोवर ५ महालक्ष्मी खोल नजिक पहिरो खसेको छ ।

ADVERTISEMENT

अवरुद्ध सडक सडक डिभिजन कार्यालय र स्थानीय तहसँगको सहकार्यमा खुलाउने प्रयास भइरहेको डिएसपी भण्डारीले जानकारी दिएका छन् । यती बेला हेटौंडा भएर काठमाडौं जान कुलेखानी(फाखेल र त्रिभुवन राजपथ मात्र सुचारू रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *