ऋषिराम पोखरेलको ‘अनुभूतिका आँखाहरु’ पुस्तक सार्वजनिक

हेटौंडा, पूर्वशिक्षक ऋषिराम पोखरेलले आफ्नो जीवनका विभिन्न अनुभूति समेटिएको पुस्तक अनुभूतिका आँखाहरु सार्वजनिक गरेका छन् ।

ADVERTISEMENT

सर्जक सञ्जाल मकवानपुरले बुधबार एक कार्यक्रमको आयोजना गरी पोखरेलको पहिलो कृति सार्वजनिक गरेको हो । कृतिमाथि टिप्पणी गर्दै समालोचक घनश्याम घिमिरेले कृतिमा लेखक आफूले भोगेका विभिन्न अनुभवहरु र गरेका अनुभूतिहरु जस्ताको तस्तै किताबमा उतारेको बताए ।

कार्यक्रममा साहित्यकार देवराज तिवारी र शान्तिप्रिय बन्दनाले पनि कृतिभित्रको वैचारिक पाटो, नारीवादी चेतका साथ विभिन्न सकारात्मक र सुधारात्मक पाटोबारे चर्चा गरे । उक्त पुस्तकको प्रकाशकमा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी रहेका छन् । सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी देव श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कृतिकार पोखरेल, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा-४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देललगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya