विकास प्रविधि मैत्री हुनुपर्नेः वडा अध्यक्ष सिग्देल

हेटौँडा, हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले अबको विकास प्रविधि मैत्री हुनपर्ने बताएका छन् ।

ADVERTISEMENT

जीभ करिअर ईष्टिच्युट प्रा।लि।को आयोजना, व्यवसायिक सीप विकास तालिम केन्द्र, भैसेपाटी ललितपुरको सहयोग तथा बाग्मती एजुकेशन कन्सल्टेन्सी प्रालिको समन्वयमा सञ्चालित मोवाईल फोन मर्मत तालिमको मङ्गलबार उद्घाटन गर्दै अध्यक्ष सिग्देलले आजको युग प्रतिस्पर्धी युग भएकोले विकासमा प्रविधिलाई जोड्नु पर्ने र यस्ता तालिमले प्रविधिको प्रयोगको प्रवर्द्वन गर्नुका साथै सीपले रोजगारीको सृजना गर्न, आत्मनिर्भर र व्यवसायिक बनाउन मदत गरेको बताए ।

उनले प्रविधिको प्रयोग र प्रवर्द्वनमा सबै तहको सरकारको ध्यान जानुपर्ने र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताए ।
हेटौँडा ४ स्कुलरोड स्थित प्रालिको कार्यालयमा ६५ दिनसम्म सञ्चालित हुने मोवाईल फोन मर्मत तालिममा २० जनाको सहभागीता रहेको छ । बाग्मती एजुकेशन कन्सल्टेन्सी प्रालीका सञ्चालक शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर मोवाईल एसोसिएसनका अध्यक्ष नवराज चौलागाई, प्रशिक्षक उद्वव घिमिरेलगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya