वडा अध्यक्षका कारण रोकियो हेटौंडाको शिक्षक छनौट प्रक्रिया

हेटौंडा, हेटौंडा उपमहानगरपालिकाका १० वटा विद्यालयका विभिन्न तहका शिक्षक छनोटको प्रक्रिया वडा अध्यक्षहरूले रोकेका छन् । विज्ञ छनोटको विषयलाई लिएर वडा अध्यक्षहरूले असन्तुष्टि जनाउँदै शिक्षक छनोटको प्रक्रिया रोकेका हुन् ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाले शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८१ पारित गरी करार शिक्षक छनोटको अन्तिम चरणको प्रक्रिया हुँदै गर्दा वडा अध्यक्षहरूले प्रक्रिया रोकेका थिए । छनौट प्रक्रिया अन्तर्गत शनिबार हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालनको तयारी भइरहेका बखत वडा अध्यक्षहरूले रोकेका हुन् । परीक्षा केन्द्रमा पुगेर हेटौंडा–४, ६, १५ र १६ नम्बर वडा अध्यक्षहरू शिक्षक छनौट प्रक्रिया रोकेका थिए । उपमहानगरपालिकाको सामाजिक विकास समितिको संयोजक समेत रहेका हेटौंडा–१६ का अध्यक्ष रामकृष्ण कोइरालासहित हेटौंडा–४ का अध्यक्ष नवीन सिग्देल, हेटौंडा–६ का अध्यक्ष विष्णुबहादुर दाहाल र हेटौंडा–१५ का अध्यक्ष सुनिल मोक्तानले शिक्षक छनौट परीक्षा रोकेका थिए ।

‘वडा अध्यक्षहरूले नै विमति जनाएपछि हामीले परीक्षा सञ्चालन गर्ने स्थिति बनेन,’ हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत हरिचन्द्र सापकोटाले भने, ‘परीक्षा केन्द्र भुटनदेवी माविमा निर्धारण गरेर १० वटा विद्यालयका लागि तहगत विज्ञसहितको समूहले परीक्षा सञ्चालन गर्नै लाग्दा शनिबार बिहान ८ बजेको समयमा वडाअध्यक्षहरु आउनुभयो । विज्ञ छनोटको प्रक्रियामा असन्तुष्टि जनाउँदै परीक्षा नै रोक्न भन्नुभयो ।’

ADVERTISEMENT

शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८१ मा परीक्षा समितिमा २ जना विज्ञ शिक्षा विकास महाशाखा प्रमुखले तोकेका व्यक्ति हुने व्यवस्थाप्रति वडा अध्यक्षहरूले विमति जनाएको उनले बताए ।

शनिबार हेटौंडा–४ स्थित श्रमिक माध्यमिक विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा–६ स्थित कृष्ण प्राथमिक विद्यालय, हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयमा १र१ जना बालविकास सहयोगी कार्यकर्ता, हेटौंडा–३ स्थित बालउज्वल माध्यमिक विद्यालय, हेटौंडा–१८ स्थित कालिदेवी प्राथमिक विद्यालय, हेटौंडा–१५ स्थित चुरियामाई माध्यमिक विद्यालय र विश्वज्योति माध्यमिक विद्यालयमा प्राथमिक तह शिक्षक १÷१ जना नियुक्तिका लागि परीक्षा हुँदै थियो ।

ADVERTISEMENT

यस्तै हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ र हेटौंडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयमा बाली विज्ञान विषयका लागि प्रशिक्षक नियुक्ति र हेटौंडा–१४ स्थित भृकुटी माध्यमिक विद्यालयमा लेखापाल नियुक्तिका लागि परीक्षा लिने तयारी गरिएको थियो ।

उपमहानगरपालिकाले शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि कार्यान्वयनको प्रक्रिया अगाडि बढाएकै कारण गत वैशाख महिनादेखि नै शिक्षक नियुक्तिका लागि सूचना गरेका विद्यालयहरूले कार्यविधिले अन्तिम पटकका लागि भनेर एकै पटक परीक्षा सञ्चालन गर्ने भनेपछि शिक्षक छनोटको परीक्षा समेत ढिलो गरी भएको थियो । नयाँ शैक्षिक सत्र सुरु भएर नियमित पठनपाठन भइरहेको र विद्यालयमा शिक्षक अपुग भएर समस्या भइरहेको बेला वडा अध्यक्षहरूले शिक्षक छनोटको परीक्षा नै रोकेर थप समस्या सिर्जना भएको एक प्रधानाध्यापकको गुनासो छ । (स्रोतः रातोपाटी)

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya