दुध दिवसमा हेटौंडामा अन्तरक्रिया

हेटौंडा, विश्व दुध दिवस २०२४ को अवसरमा हेटौंडामा अन्तरक्रिया कार्यक्रम भएको छ । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष एवम् संघका सल्लाहकार नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका देवकोटाले बालक देखि बृद्धअबश्था सम्म पनि स्वच्छ दुधको सेवनले मानव स्वास्थ्यलाई फाईदा पुग्ने भन्दै नियमित दुधको सेवन गर्नुपर्ने बताएका थिए । पछिल्लो समय दुध उत्पादन गर्ने किसान समयमा भुक्तानी पाउन नसकेर ब्यवसाय बाटै पलायन हुनसक्ने अवस्था सिर्जना भएको भन्दै समयमै दुधको भुक्तानीका लागि सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनले बताए ।

कार्यक्रममा केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य एवम् संघका सल्लाहकार बिदुर हुमागाई , बागमती प्रदेश दुग्ध विकास बोर्डका सदस्य एवम् संघका निवर्तमान अध्यक्ष बासुदेव अधिकारी , संघका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा लगायतले मन्त्व्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका संचालक समिती , विभिन्न सदस्य संस्थाका अध्यक्ष तथा ब्यवस्थापक , संघका कर्मचारी लगायतकाको कार्यक्रममा उपस्थिति रहेकोे थियो । दुग्ध उद्योगलाई मान्यता दिन र दूधका फाइदाका बारेमा जनचेतना फैलाउन हरेक वर्ष जुन १ मा विश्व दूध दिवस मनाइन्छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya