हेर आज भोलि
कति बढेको छ गर्मी
बाहिर निस्क्यो भने
पोल्छ ज्यान
घाम छ एउटा मात्र
महसुस हुन्छ दुई

के होला कारण
बढ्दो गर्मी
एकछिन खेतमा जाऔँ भने
तपतप पसिना चुहिने
कति बढेको छ गर्मी
सहन नै नसक्ने
ज्यान पनि गल्ने
बिरामी पनि हुने
गर्मीले नै होला
थकान पनि लाग्ने
मिर्मिरेदेखि साँझसम्म गर्मी
गर्मीकै कारण होला
धेरै रोग लाग्ने
किन भएको होला
यति धेरै गर्मी
कारण मानिस नै हुन्
रुख विरुवा मास्दा
हुन्छ यस्तो फलिफाप
रुख विरुवा रोपेर
कम गर्न सक्छौँ ताप
प्रज्वल थापा
कक्षा १०, नवोदय शिशु सदन






