हेटौंडा कोरा साइकल च्यालेन्ज सम्पन्न

हेटौंडा, हेटौंडा राइडर्स क्लवको आयोजनामा हेटौंडा कोरा साइकल च्यालेन्ज कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै स्वास्थ्यका लागि साइकल भन्ने मूल उद्देश्यसहित राइडर्स क्लवले गत वर्षहरुमा झैं यस वर्ष पनि कोरा साइकल च्यालेन्जको आयोजना गरेको हो ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन र नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेले संयुक्त रुपमा रिवन काटेर कोरा साइकल च्यालेन्जको उद्घाटन गरेका थिए ।

सहरलाई साइकलसँग जोड्नुका साथै तीर्थस्थल र स्थानीय बस्तीलाई परिचित गराउन कार्यक्रमलाई यस वर्ष पनि आयोजना गरिएको हेटौंडा राइडर्स क्लवका अध्यक्ष विकास ताम्राकारले बताए । करिब ५० किलोमिटर दुरीको कोरा साइकल च्यालेन्जमा २५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *