श्रीकृष्णमा निःशुल्क आँखा शिविर

हेटौंडा, २७ जेठ/हेटौंडा–९ मा रहेको श्रीकृष्ण आदर्श इङ्लिस बोर्डिङ स्कुलमा शुक्रबार निःशुल्क आँखा शिविर भएको छ । रोट्रयाक्ट क्लब अफ हेटौंडाको आयोजना तथा शान्ति अप्टिकलको सहयोगमा विद्यार्थीहरुको निःशुल्क आँखा परीक्षण शिविर तथा सामान्य स्वच्छता जागरुकता कार्यक्रम भएको हो ।

ADVERTISEMENT

शिविरमा ५५० जना विद्यार्थीहरुको आँखा परीक्षण गरिएकोमा २४ जना विद्यार्थीको आँखामा समस्या देखिएको विद्यालयका प्रिन्सिपल नवीन केसीले जानकारी दिए । शिविरमा विद्यार्थीहरुको आँखा परिक्षणसंगै निःशुल्क औषधि समेत वितरण गरिएको र उनीहरुहरुलाई स्वच्छता सम्बन्धी सचेतना समेत प्रदान गरिएको उनले बताए ।

शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यार्थीहरुको स्वास्थ्य त्यति नै महत्वपूर्ण हुने भएकाले शैक्षिक सत्र २०७९ मा हरेक महिना विभिन्न स्वास्थ्य सम्बन्धी शिविरको आयोजना हुने प्रिन्सिपल केसीले जानकारी दिए । ‘शैक्षिक गुणस्तरसंगै विद्यार्थीको स्वास्थ्यप्रति पनि हामी त्यति नै गम्भीर छौ, त्यसैले हरेक महिना स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने गरेका छौं’, केसीले भने । शिविरमा शान्ति अप्टिकलका आँखा रोग विशेषज्ञ डा. ऋतिक भट्टराईले विद्यार्थीहरुको आँखा परिक्षण गरेका थिए । विद्यालयमा करिब ६ सय विद्यार्थी अध्यनरत रहेका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *