हेटौंडा, जेष्ठ नागरीक मैत्री नगर निर्माणको लक्ष्य अनुसार हेटौंडा उपमहानगरपालिका–७ मा जेष्ठ नागरीक मिलन केन्द्रको भवन उद्धघाटन गरीएको छ । स्थानिय बलबहादुर तामाङले दान गरेको १ कठ्ठा जमिनमा निर्माण भएको सुबिधा युक्त भवनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँले उद्घाटन गरेका हुन् ।
उपमहानगरपालिका, वडा कार्यालयको सहयोगमा हल सहित दुई कोठा निर्माण गरिएको छ । भवनको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख लामाले पुस्ता हस्तान्तरणमा जेष्ठ नागरीकको भुमिका महत्वपुर्ण हुने बताइन् । पछिल्ला पुस्तालाई ज्ञान दिँदै समाजलाई अघि बढाउँने काममा लाग्न आग्रह गरीन् । बालमैत्री नगर निमार्णको क्रममा रहेको हेटौंडालाई जेष्ठ नागरीक मैत्री बनाउँने अभियानमा रहेको बताइन् ।
उनले नगरको बिकासको कामलाई अघि बढाउने र नगरलाई सुन्दर बनाउने काममा व्यवस्थित ढंगबाट अघि बढिरहेको बताइन् । पछिल्लो समय नगरको र्भाैतिक बिकास भन्दा पनि शिक्षा, स्वास्थ्य र नगरलाई सुन्दर बनाउँनका लागि लाईटिङ र बृक्षारोपणको कामलाई अघि बढाइएको बताइन् । उनले नगरका १९ वटै वडामा गठित जेष्ठ नागरीक केन्द्रलाई सक्रिय बानाउन उपमहानगर लाग्ने बताइन् ।
कार्यक्रममा नगरका उप प्रमुख राजेश बानियाँले बिकासको काममा थोरै जमिन जाँदा समस्या हुने समयमा जेष्ठ नागरीक भवनका लागि जमिन दान गर्ने प्रति आभार व्यक्त गरे । नगरको समानुपातिक बिकास क्रमलाई अघि बढाउँन अहिलको नेतृत्व लागिरहेको बताए ।
जमिन दान गर्ने तामाङको सम्मान
जेष्ठ नागरीक भवन निर्माणका लागि १ कठ्ठा दान गर्ने स्थानिय बलबहादुर तामाङलाई सम्मान गरीएको छ । अहिलेको समयमा पनि समाजिक कामका लागि जमिन दान गरेका तामाङलाई हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँले दोसल्ला ओडाएर सम्मान गरेका हुन् । दाता तामाङको सम्मान सहित उनको फोटो नागरीक भवनमा राखिने भएको छ ।
जेष्ठ नागरीक मञ्च वडा समन्वय समितिका अध्यक्ष कोषबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ७ का अध्यक्ष दामोदर गौतम, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, उपमहानगरपालिका महिला तथा बालबालिका महशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, शाखा प्रमुख मन्दिरा थापा, ७ नम्बर वडाका पुर्व अध्यक्ष राजन थापा, जेष्ठ नागरीक मञ्च मकवानपुरका अध्यक्ष हरीप्रसाद सिग्देल, मञ्च प्रदेशका सदस्य बुद्धिप्रसाद पौडेल र नगर अध्यक्ष रामचन्द्र ढकाल लगाएतको आतिथ्यता रहेको थियो ।







