हेटौंडा, विगत वर्षझै यसवर्ष पनि हेटौंडा–९ स्थित कुष्माण्ड सरोवर त्रिबेणीधाममा कालसर्प दोस निवारण नवग्रह पुजा गरिने भएको छ।

श्रावण २५ गते नागपञ्चमिको अवसर पारेर नागपुजाका साथै (कालसर्प दोस निवारण) नवग्रह पुजा गरिने कुष्माण्ड सरोवर त्रिबेणि धाममा विकास समतिका अध्यक्ष इश्वरीप्रसाद न्यौपानेले जानकारी दिए ।
ज्योतिषहरुका अनुसार कालसर्प योग भएको व्यक्तिले प्रशस्त मौका, अवसर र क्षमता हुँदाहुँदै पनि उल्लेख गर्न योग्य कुनै सफलता प्राप्त गर्न सक्दैन ।







