विपत् प्रतिकार्यमा जुट्न प्रदेश प्रमुखको आह्वान

हेटौँडा, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विपत् प्रतिकार्यमा जुट्न सबैमा आह्वान गरेका छन । छिमेकी देश चीनको तिब्बत क्षेत्रमा परेको ठुलो पानीपछि भोटेकोसी नदीमा आएको बाढीले बागमती प्रदेशको रसुवा जिल्लामा मानवीय तथा भौतिक क्षति भएपछि प्रदेश प्रमुख देवकोटाले सबैलाई सचेत रहन र सहयोग गर्न अपिल गरे ।

ADVERTISEMENT

उनले उद्धार र राहत कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई अनुरोध गरे । जोखिमको बेला नदी तटीय क्षेत्रमा बसोवास नगर्न, बाढीले बगाएर ल्याएको काठ, दाउरा बटुल्न नजान आग्रह गरे । ‘यो दुःखद घडीमा आ–आफ्नो तर्फबाट विपत् प्रतिकार्यमा जुट्न सबैमा आह्वान गर्दै उद्धार र राहत कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई हार्दिक आग्रह गर्दछु’ उनले भने ।

भोटेकोसी नदीमा बेपत्तामध्ये केहीको शव फेला परेको खबर छ । बेपत्ता, निधन र भौतिक संरचनाको अपूरणीय क्षतिको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले यस्तो अपिल गरे । सोमबार राति चीनतर्फबाट भोटेकोसी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, रसुवा भन्सार कार्यालय, भन्सार यार्डमा रहेका सवारी साधन, जलविद्युत् परियोजनामा क्षति र सडक बगाएको जानकारी प्राप्त भएको छ ।

‘यो विपद्को समयमा पीडित प्रभावितलाई सहायता गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू, रेडक्रसलगायत परोपकारी निकायहरूलाई उद्धारमा जुट्न र तयारी अवस्थामा रहन समेत विशेष अनुरोध गर्दछु’ उहाँले अपिलमा भनिएको छ ।

नेपालको विभिन्न जिल्लामा अहिले पनि वर्षा जारी छ । मौसम पूर्वानूमान अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहने र बागमती प्रदेश लगायतमा मेघ गर्जन–चट्याङ सहित वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । विपदबाट बच्न आफू सचेत रहन र अरूलाई सहायता गर्न सबैमा उनले अनुरोध गरे ।   गाेरखापत्रबाट

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *