आजबाट एसइई पूरक परीक्षा, मकवानपुरमा ८ परीक्षा केन्द्र कायम

हेटौंडा, आज (बुधबार) बाट माध्यमिक माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि (पूरक) परीक्षा शुरु हुँदैछ । ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न मकवानपुरका ८ विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ ।

ADVERTISEMENT

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार हेटौंडाको सिद्धार्थ माध्यमिक विद्यालय, बालजागृति इङ्लिस सेकेण्डरी माध्यमिक विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालय, मनहरी गाउँपालिकाको राष्ट्रिय रोटरी माध्यमिक विद्यालय र बकैयाँ गाउँपालिकाको बुद्ध मावि हात्तीसुडे माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।

२०८० सालको एसइई नतिजामा ‘नन ग्रेडड’ अर्थात् अनुत्तीर्ण भएका मकवानपुर जिल्लाका ३ हजार ८ सय ५४ जना परीक्षार्थी ग्रेड वृद्धिमा सामेल हुने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अधिकृत उन्नती ढकालले जानकारी दिइन् । उनका अनुसार साधारणतर्फ ३ हजार ६ सय ५६ र प्राविधिक धारतर्फ १ सय ९८ गरी ३ हजार ८ सय ५४ जना परीक्षार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागिता जनाउँदै छन्।

मकवानपुर जिल्लाबाट २०८० सालको एसइई परीक्षामा २ हजार ९८ जना मात्रै उत्तीर्ण भएका थिए । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरको तथ्यांक अनुसार जम्मा ३६.४७ विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका थिए । एसइई २०८० को नतिजामा जिल्लाका १६ वटा विद्यालयको नतिजा शून्य आएको थियो । श्रावण ३१ गतेसम्म सञ्चालन हुने परीक्षामा आज परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिने छन् । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *