हेटौंडा, नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा ४४ औं शिक्षक दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए ।
संगठनको चौथो नगर परिषद तथा शिक्षक हित बचत तथा ऋण सहकारीको सहकारी शिक्षा कार्यक्रम पनि भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समिति अध्यक्ष रूपचन्द्र गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष सचिन बलले आर्थिक प्रतिबेदन तथा सचिव कृष्ण प्रसाद लामिछानेले संस्थागत गतिविधि सम्बन्धि प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक हित सहकारी उपाध्यक्ष शिवप्रसाद लामिछाने, पेसागत महासंघ सदस्य राम कुमार बर्तौला, संगठनको गढी गाउँपालिका सदस्य राजेश अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।







