चैत २७ गतेबाट हेटौंडामा उपमेयर कप भलिबल प्रतियोगिता हुने

हेटौंडा, यही चैत २७ गतेबाट हेटौंडामा उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु हुने भएको छ । हेटौंडा १२ मा रहेको बुद्ध माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

ADVERTISEMENT

केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको संयुक्त आयोजनामा हुन लागेको उपमेयर कल भलिबल प्रतियोगिता यो पाँचौ संस्करणको हो । प्रतियोगितामा उपमहानगरपालिका भित्रका वडाबाट महिला र पुरुषको एक/एक टिमले सहभागिता जनाउन पाउनेछ ।

प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सेमिफाइनल पुग्ने टोलीले पनि १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय सहित ट्रफी प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीहरुले नगद एकहजार ५ सय रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक त्रिबिक्रम रुपाखेतीले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ९ वटा वडाले सहभागिता जनाउने पक्का भएको उनले बताए । प्रतियोगिताको लागि करिब ८ लाख ४६ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *