हेटौंडा/हेटौंडा अटोमोबाइल्स एशोसिएशन तथा नाडा अटोमोबाइल्स एशोसिएशनको आयोजनामा भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । शुक्रबार हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २२ जना पुरुष र १ जना महिलाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका थिए । कार्यक्रममा आयोजकले हेटौंडा अस्पताललाई एकसय वटा डेंगु परीक्षण किट सहयोगस्वरुप हस्तान्तरण गरेको थियो । पछिल्लो समय हेटौंडामा डेंगु विरामीहरुको दिनप्रतिदिन बृद्धि भईरहेको छ ।
डेङ्गु परिक्षण किटको हेटौंडा अस्पताललाई अभाव हुँदा हेटौंडा उपमहानगरपालिकाले पनि हेटौंडा अस्पताललाई किट सहयोग गरिरहेको छ ।







