हेटौंडा, मकवानपुरको लागि बजाजको आधिकारीक विक्रेता होराइजन अटो प्रा.लिमा भाद्र २ गते देखि ७ गतेससम्म साटासाट अपग्रेट एक्सेञ्ज अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकलको एक्स्चेन्जमा ६ हजार रुपैयाँ थप मूल्याङ्कन र एक्सचेन्ज मार्फत बजाजको जुनसुकै मोटरसाइकलको खरिदमा ६ हजार रुपैयाँसम्मको नगद छुट पाउने सञ्चालक लालकाजी रत्न बज्राचार्यले जानकारी दिए ।
ग्राहकलाई नयाँ मोटरसाइकलको खरिद तथा एक्सचेन्जमा विभिन्न किसिमका एसोशरिज पनि निःशुल्क दिने बताएको छ । पुरानो मोटरसाईकलको कण्डिसन हेरेर मूल्यांकन गरिने र ३० प्रतिशत रकम डाउन पेमेन्ट गरेर बाँकी रकम किस्तास्वरुप तिर्ने गरेरपनि मोटरसाईकल लैजान सकिने बज्राचार्यले बताए ।







