मोटरसाइकल दुर्घटनामा मनहरीका बरिष्ठ हवल्दारको मृत्यु

हेटौंडा, चितवनमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत बरिष्ठ हवल्दारको ज्यान गएको छ।

ADVERTISEMENT

पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी–८ बाबा पेट्रोलपम्पमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवाका रत्ननगर नगरपालिका–१५ खोलेसिमल घर भएका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठको ज्यान गएको चितवन प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिएका छन्।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya