पुस १३ गतेबाट हेटौँडामा तीनदिने खाना महोत्सव हुने

हेटौंडा, होटल एशोसिएसन मकवानपुरको आयोजनामा यही पुस १३ गतेबाट हेटौंडामा तीनदिने सडक खाना महोत्सव हुने भएको छ । विहीबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै एशोसिएसनका कार्यबहाक अध्यक्ष एंव महोत्सव कार्यक्रम संयोजक विष्णुगोपाल महर्जनले सडक खाना महोत्सवको बारेमा जानकारी दिएका थिए ।

ADVERTISEMENT

खाना महोत्सव हुप्रचौरको पुर्वी क्षेत्रको सडकमा हुने छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र स्टलबापतको रकमबाट महोत्सव सम्पन्न गर्ने लक्ष्य एशोसिएसनको रहेको बताइएको छ । पर्यटनको आन्तरिक टेवा पुग्ने हिसाबले र स्थानीय उत्पादनका खानाका परिकार, स्थानीय कलाकारहरुको प्रस्तुती महोत्सवमा रहने संयोजक महर्जनले बताए ।

महोत्सवमा ४० वटा स्टल रहने छ भने प्रतिस्टल सात हजार पाँच सय रहने जनाइएको छ । हुप्रचौरमा हुने महोत्सवमा ३० हजार दर्शकले अवलोकन गरिने अनुमान आयोजकको रहेको छ । हेटौंडामा हुने तीन दिने खाना महोत्सवमा ११ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा एशोसिएसनका संस्थापक अध्यक्ष भगिरथ शर्मा, एशोसिएसनका पुर्व अध्यक्ष शंकरलाल श्रेष्ठ लगायत पदाधिकारी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya