हेटौँडा, बिहीबार राति मोटरसाइकल दुर्घटनामा निधन भएका राक्सिराङ ९ खैराङ अठारेस्थित कालिका माविका प्रधानाध्यापक दिपेन्द्र झाको शोकमा राक्सिराङ गाउँपालिकाले शोक बिदा घोषणा गरेको छ ।
गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट आज शुक्रबार एक दिन गाउँपालिकाको सम्पूर्ण शिक्षण संस्थाहरुमा शोक बिदा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतद्धारा जारी गरिएको सूचनामा भनिएको छ । जनकपुर(४ धनुषा स्थायी निवासी ४५ वर्षीय झाको बिहीबार राति हेटौँडाको राप्तीरोडमा मोटरसाइकल दुर्घटनामा निधन भएको थियो ।
झा लामो समयदेखि खैराङको कालिका माविमा प्रधानाध्यापकको रुपमा कार्यरत रहेका थिए ।







