३ नम्बरका १३७ ले लिए स्वास्थ्य सेवा

हेटौंडा उपमहानगरपालिकाको ३ नम्बर वडा कार्यालयमा भएको निशुल्क स्वास्थ्य शिविरमा १३७ जनाले सेवा लिएका छन् । वडामै रहेको युनिलिभर नेपाल लिमिटेडको आयोजना तथा ३ नम्बर वडा कार्यालयको संयोजनमा भएको शिविरमा १३७ जनाले सेवा लिएका हुन् ।

ADVERTISEMENT

ज्येष्ठ नागरिक लक्षित गरी शिविरको आयोजना गरिएको हो । जनरल फिजिसियन, नाक, कान, घाँटी, सुगर प्रेसर लगायतका विरामीले सेवा लिएका थिए । स्वास्थ्य शिविरमा ३ नम्बर वडा अध्यक्ष ढलकबहादुुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । वडामै रहेको बहुराष्ट्रिय कम्पनीले वडाका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य शिविरको आयोजना गरेकोमा उनले आभार व्यक्त गरे ।

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत वडाबासीको हितमा सहकार्य हुनुपर्ने उनको भनाई रहेको थियो । कार्यक्रममा वडा सदस्य रत्न भ्लोन, व्यवसायी विष्णु खनाल, स्थानीय युवा समाजसेवी टेकनाथ शिवाकोटीसहित युनिलिभरका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya