हेटौंडा, साहित्य संगम मकवानपुर र युगप्रकाश क्लबले संयुक्त रुपमा प्रदान गर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान–२०८१ मकवानपुरका साहित्यकार माधवबहादुर पोख्रेललाई प्रदान गरिने भएको छ ।
यही कार्तिक १५ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा पोख्रेललाई नगद १० हजार राशिले सम्मान गर्न लागिएको साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीकै अवसरमा मकवानपुर जिल्ला स्तरीय कविता प्रतियोगिता सञ्चालन गर्न लागेको उनले बताए ।
प्राप्त कवितामध्ये उत्कृष्ट १० कविता छनौट गरी छानिएका ३ जना उत्कृष्ट कविलाई जनही नगद ३ हजार रुपैयाँ र १ जनालाई नगद १ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिने छ ।






