हेटौंडा, हेटौडा ६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ ।
बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
सो अवसरमा प्रमुख अतिथि पाठकले अब सामुदायिक वनलाई पर्यापर्यटकिय र आयआर्जनमा जोड्नु पर्ने बताईन । पाठकले भने सामुदायिक वनले संस्थागत विकासका साथै उपभोक्ताहरुको आर्थिक स्थितिमा समेत सुधार गर्नु पर्नेमा समेत ध्यान दिनु जरुरी भएको छ ।
कार्यक्रममा मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रबंशी, मकवानपुरगढी २ का वडा अध्यक्ष बखान सिह पाख्रिन, हेटौडा १७ का वडा सदस्य नवराज न्यौपाने, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाई, अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, श्रमिक साना किसान सहकारी अध्यक्ष निर्मला लम्साल, रानी सामुदायिक जनका उपाध्यक्ष केशव धिताल, समूहका संस्थापक अध्यक्ष रुद्रनाथ न्यौपाने, कार्यालय सचिव केदार प्रसाद गौतम, सञ्चारकर्मी , उपभोक्ता लगायतको सहभागीता थियो । सो अवसरमा विजय साल, सतीसाल, रिठ्ठा , बेल , तेजपात, मेङगोस्टिक, अमला, टिक लगायतका विरुवाहरुको वृक्षारोपण गरिएको थियो ।







