हेटौँडा, मकवानपुर जिल्लामा पहिलो पटक जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । श्री केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौंडाको आयोजना तथा छाहारी युवा सेवा समाज हेटौँडा ११ को सह आयोजनामा आगामी असोज ३ गतेदेखि ५ गतेसम्म हेटौँडाकी हुप्राचौरमा खेल आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ्न । प्रतियोगितामा उत्कृष्ट सेटर, स्पाईकर र खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
मकवानपुर जिल्ला खेलकुद विकास समिति तथा मकवानपुर जिल्ला भलिबल संघ सहकार्य गरी जिल्लामा पहिलो पटक प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको लागि आयोजकले टिम दर्ता शुल्क दुई हजार रुपैयाँ तोकेको छ । प्रतियोगितामा वि.सं. २०४३ सालसम्म जन्म भएका खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने मकवानपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष बसन्त सिटौलाले जानकारी दिए ।







