नवोदय नमुना संयुक्त राष्ट्र संघीय कार्यक्रम शुरु

हेटौंडा, हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा नवोदय नमुना संयुक्त राष्ट्र संघीय (मुन) कार्यक्रम विहीबारबाट हेटौंडामा सुरु भएको छ । नमूना महासभाका महासचिव रायन खनालको अध्यक्षतामा भएको कार्यक्रममा नमूना महासभा राष्ट्रसंघ मातहतका विभिन्न समितिले महासभामा प्रस्तुत गरिने मुद्दाका बारेमा जानकारी गराएका थिए ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै एपेक्स स्कूलका प्रिन्सिपल दीपक गौतमले विद्यार्थीको सक्रियतामा सञ्चालित मुन कार्यक्रमबाट आफू प्रभावित भएको बताए । यसैगरी जीएस विद्यालय गैडाकोटका प्रिन्सिपल हिरालाल अर्यालले पनि विद्यार्थीले सञ्चालन गरेको कार्यक्रम एकदमै प्रशंसनीय रहेकोमा जोड दिएका थिए ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले विद्यालयतहबाट नै विद्यार्थीहरुलाई पर्यावरणको बारेमा जानकारी गराउनु पर्नेमा औल्याएका थिए । ‘हरेक संघ संस्थाले वृक्षरोपण गरेको भनेर समाचार आउँछन् तर उक्त बोट विरुवा हुर्केको छ या छैन त्यसतर्फ ध्यान दिदैनाँै ।’ उनले भने । पढाइमा विद्यार्थीहरुले कति जिपिए ल्याए भन्दा पनि विद्यार्थीहरुले स्टेजमा राम्रो प्रस्तुती दिनु नै बढी जिपिए हासिल गरेको उनको ठम्याई रहेको थियो । तीनदिन सम्म सञ्चालन हुने कार्यक्रममा विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र सुरक्षा परिषद्, आर्थिक र वित्तिय मामिला परिषद्, खाद्य र कृषि संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्र पर्यावरण, प्रतिनिधिसभाको बैठकमा विद्यार्थीहरुले विभिन्न एडेण्डामा रही छलफल तथा अन्तरक्रिया गर्ने छन् ।

ADVERTISEMENT

नवोदय मुनको कार्यक्रम अन्तर्गत शुक्रबार बेलुका सोसल नाइट कार्यक्रम हुनेछ । यो सत्रमा सहभागीहरूका लागि परिचयात्मक र रमाइलो वातावरण सिर्जना गर्न डिजाइन हुनेछ । नेटवर्किङ नाइट पनि भनिने सोसल नाइटमा नृत्य प्रदर्शन, खेल, खाजा, डिनर, फोटोबुथ, मेमोरी बोर्ड र विभिन्न रमाइला गतिविधिहरू समावेश हुन्छन् । नमूना महासभामा हेटौंडाको कमाने एकेडेमी, मकवानपुर बालविद्या सदनसहित रुपन्देही, नवलपरासी र चितवनका विद्यार्थीको पनि सहभागिता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *