हेटौंडा, मकवानपुर कस्मेटिक व्यवसायि संघको अध्यक्षमा राजदेव बानियाँ सर्वसम्मत चयन भएका छन् । संघको प्रथम अधिवेशनबाट राजदेवको अध्यक्षतामा नयाँ समिति बनेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा पंकजदास बानियाँ, उपाध्यक्षमा इन्द्रबहादुर ढकाल, महासचिवमा प्रकाश घिमिरे, सचिवमा सैयादिन मिया, कोषाध्यक्षमा मोहन अग्रवाल चयन भएका छन् ।
यसैगरी सदस्यमा रामबहादुर घलान, प्रमिला राई लिम्बु, केदारप्रसाद अधिकारी, गोपाल भट्ट र प्रदिप रौनियार चयन भएका छन् ।







