फिचर लेख्नमा १२ पत्रकार पुरस्कृत

हेटौंडा, मकवानपुरमा राम्रो फिचर समाचार लेखेका १२ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरले आयोजना गरेको खुला फिचर लेखन प्रतियोगिताबाट १२ पत्रकार पुरस्कृत भएका हुन् । आइतबार एक कार्यक्रमकाबीच पत्रकारलाई पुरस्कृत गरिएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका सहयोगमा भएको फिचर लेखनमा हेटौंडा उपमहानगरपालिका भित्रको शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन लगायत विकासका क्षेत्रमा भएका कामकारवाहीलाई फिचर समाचार बनाउनु पर्ने भनिएको थियो । लेखनमा महिलातर्फ सुनिता विष्ट र पुरुषतर्फ सुमन दाहाल सर्वोत्कृष्ट घोषित भएका छन् । उनीहरुले जनही नगद १५÷१५ हजार रुपैयाँ, प्रमाणपत्र र महासंघको लोगो भएको झोला प्राप्त गरेका छन् । त्यस्तै उत्कृष्ट दशजनामा श्रीराम अर्जुन, अनिल पराजुली, निशा गुरुङ, सुजन ढकाल, खेम बोलखे, रविन ढुङ्गाना, प्रिया पौडेल, प्रतिक्षा न्यौपाने, जमुना थिङ र स्मीता अर्याल रहेका छन् । उनीहरुलाई महासंघले जनही नगद १० हजार रुपैयाँ, प्रमाणपत्र र झोला प्रदान गरेको छ ।

फिचर लेखनको निर्णायकमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष नानीमैया कार्की (सम्झना) र प्रदेश सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा रहेका थिए । फिचर लेखनमा मकवानपुरका १७ जना पत्रकारहरुले सहभागिता जनाएको महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले जानकारी दिए । पुरस्कृत पत्रकारहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले नगद प्रदान गरेकी हुुन् । महासंघका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष विष्ट, उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष राममणि दाहाल लगायतको आतिथ्यता थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *