अग्नी पीडितलाई पालुङ जेसीजको आर्थिक सहयोग

हेटौंडा, थाहा नगरपालिका वडा नम्बर ११ मालागिरीका अग्नि पीडित सुरेन्द्र लामालाई बुधबार पालुङ जेसीजले आर्थिक सहयोग गरेको छ । जेसीजले नगद ३२ हजार १ सय ७५ रुपियाँ सहयोग प्रदान गरेको हो ।

ADVERTISEMENT

तत्कालको आवश्यकता पूरा गर्नको लागि सहयोग स्वरुप आर्थिक सहयोग गरिएको पालुङ जेसीज बर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष मानसिं दोङले बताए । मानबताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीज आस्थालाई आत्मसाथ गर्दै आग्नी पीडित लामालाई सहयोग गरिएको पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले बताए।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा थाहा नगरपालिका ११ नम्बर वडा अध्यक्ष दिनेश बलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्षद्वय सुरेन्द्रमान प्रधान, नवराज लामा, कानुनी सल्लाहकार सुबिन्द्रमान प्रधान, महासचिव बिक्रम गोपाली, कोषाध्यक्ष संजय गोपाली लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

लामाको घर २४ फागुनमा विद्युतीय तार सर्ट भई आगजनी हुँदा घर र सम्पूर्ण सामान जलेर पूर्ण रुपले नष्ट भएको थियो ।
यसैबिच बुधबार नै थाहानगरका युवा ब्यवशायी तथा पालुङ जेसीज बर्ष २०२४ का कानुनी सल्लाहकार सुबिन्द्रमान प्रधानले अग्नी पीडित लामालाई नगद १० हजार सहयोग गरेको हो । पीडितको घर पुगेर थाहा नगरपालिका ४ थानाबजारस्थित खुसी एन्ड समृद्धि मोवाइल हाउसका सञ्चालक प्रधानले नगद १० हजार रुपियाँ सहयोग गरेको हो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *