भेट्रान्स भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

हेटौंडा, मकवानपुर जिल्लामा पहिलो पटक आयोजना हुन लागेको जिल्लास्तरीय भेट्रान्स भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौंडाको आयोजना तथा छाहारी युवा सेवा समाज हेटौँडा ११ को सह आयोजनामा हुन लागेको प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो ।

ADVERTISEMENT

असोज ३ गतेदेखि ५ गतेसम्म हेटौंडाको हुप्राचौरमा हुने प्रतियोगितामा ११ टिमले सहभागिता जनाएका छन् । जसअन्तर्गत समूह क मा मकवानपुरगढी भेट्रान्स, हटिया स्पोटर्स क्लब, थाहा नगरपालिका, समूह ख मा कैलाश गाउँपालिका, छहारी युवा सेवा समाज, नारायणी कलेज, समूह ग मा पञ्चशिल युवा क्लब, भिमफेदी गाउँपालिका, राक्सिराङ गाउँपालिका, समूह घ मा बकैयाँ गाउँपालिका र हेटौंडा १९ वडा कार्यालय रहेका छन् ।

उद्घाटन खेलमा मकवानपुरगढी भेट्रान्स र हटिया स्पोटर्स क्लबबीच खेल हुने प्रतियोगिता संयोजक पुष्प मैनालीले जानकारी दिए । हेटौंडा–१० मा रहेको नारायणी कलेज तथा तुल्सी मेहर मेमोरियमल माध्यमिक विद्यालय प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । प्रतियोगितामा नारायणी कलेजले ‘प्लेयर अफ द डे’ हुने खेलाडीलाई पुरस्कार प्रदान गर्ने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ्न । प्रतियोगितामा उत्कृष्ट सेटर, स्पाईकर र खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समिति तथा मकवानपुर जिल्ला भलिबल संघसँग सहकार्य गरी प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *