रेलमा डीबी बर्तौलाको ‘उज्यालोका बाछिटा’ विमोचन,

हेटौंडा, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष तथा मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष डीबी बर्तौलाको नवीन तेस्रो मुक्तक सङ्ग्रह ‘उज्यालोका बाछिटा’ सत्याग्रह एक्सप्रेसमा विमोचन भएको छ। नयाँ ढङ्गबाट रेल गुड्दै गर्दा रेलमै मकवानपुरका मुक्तककार डीबी बर्तौलाका मुक्तक सङ्ग्रह ‘उज्यालोका बाछिटा’ किताब विमोचन भएको हो ।

ADVERTISEMENT

कार्यक्रमको सभाध्यक्ष अग्रज साहित्यकार रमेशमोहन अधिकारी तथा प्रमुख अतिथि अग्रज साहित्यकार ह्याग्रिव आचार्यले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका आचार्यज्यूले यस प्रकारको विमोचन सायद विश्वमै दुर्लव रहेको र ऐतिहासिक भएको तर्क प्रस्तुत गरेका थिए । फरक स्वाद र तीब्र व्यङ्ग्य साथै हास्यात्मक भावको प्रयोग गर्नु र प्रत्येक मुक्तकमा उखानको प्रयोग हुनु आफैंमा नौलो प्रयोग रहेको पाइएको कुरा बताउँदै आचार्यले कृतिगत सफलताको शुभकामना व्यक्त गरेका थिए ।

र्यक्रममा साहित्यकार मिथिला अधिकारी,बाराका साहित्यकार अप्सरा पुडासैनी,विष्णुप्रसाद गौतम,माधव पोखरेल, राजबाबु पहाडी, किशन पौडेलेले ‘उज्यालोका बाछिटा’ मुक्तक सङ्ग्रहबाट मुक्तक वाचन गरेका थिए । कार्यक्रममा मुक्तककार डीबी बर्तौलाले अनौठो र पृथक रूपमा मुक्तक सङ्ग्रह विमोचन भएकोमा अत्यन्त हर्ष व्यक्त गर्दै आफ्नो भनाइसहित सबैलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा रमेशमोहन अधिकारीज्यूले ११ दिने साहित्यिक यात्रा गर्ने क्रममा २०८१ असोज १४ गते जुरेको यो अनौठो र ऐतिहासिक तरिकाले मुक्तककार डीबी बर्तौलाको ‘उज्यालोका बाछिटा’ विमोचन तथा वाचन कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा मकवानपुर, बारा, कपिलवस्तु तथा भारतका साहित्यकार,साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *